site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई पाँचौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका सन्दीप लामिछानेले पाँचौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका जनक प्रकाशलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारे । जनक प्रकाशले सिंगापुरको खातामा सात रन थपे ।

जारी खेलको आठ ओभर समाप्त हुँदा सिंगापुरले पाँच विकेट गुमाएर ७५ रन जोडेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्