site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ ।  

मधेस प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उमेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।
 
बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समीक्षा हुनेछ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्