site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक संसद्‌मा प्रस्तुत

काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० संसद्‌मा प्रस्तुत भएको छ । 

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानुनमन्त्री धनराज गुरुङले सो विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना प्रस्तुत गरेका थिए । उनले सरकारी स्वामित्वमा लिएर बैंकिङ कसुर नियन्त्रण गर्नुका साथै विदेशी लगानीको बैंक नेपालमा खुल्न दिन नहुने उनले उल्लेख गरे । 

सांसद सुवालले नेपालीको सम्पत्तिको सीमांकन र विदेशमा पैसा राख्न दिनु नहुने विरोधको सूचना प्रस्तुत गरेका हुन् । उक्त विरोध बहुमतले अस्वीकृत भएको थियो । विरोधको सूचना अस्वीकृत भएपछि विधेयक सदनमा प्रस्तुत भएको हो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्