site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी यू–१९ प्रिमियर कप विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई
यूएईविरुद्ध फाइनलमा शतक प्रहार गरेपछि नेपाली टोलीका कप्तान देव खनाल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मलेसियाको क्वालालाम्पुरमा मंगलबार भएको एसीसी यू–१९ प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली टोलीले यूएईलाई पराजित गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्