site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरीले हाल्यो १२७ लिंगेपिङ

काठमाडौं । सशस्त्र प्रहरी बलले पिङ हाल्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले सोमबारसम्म देशभर १२७ लिंगेपिङ हालेको जनाइएको छ ।

सशस्त्र प्रहरीले आमसर्वसाधारणलाई मनोरञ्जन होस् भन्ने उद्देश्यले एक दशकभन्दा अघिदेखि पिङ हाल्दै आएको छ । यो वर्ष काठमाडौं उपत्यकाका ४० स्थानसहित देशभर १२७ पिङ राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ती पिङ आउँदो छठसम्म रहने सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्