site stats
बाह्रखरी :: Baahrakhari
खेल
विजयलाई कीर्तिमानी स्वर्ण 

काठमाडौं । विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्णपदक जितेका छन् । १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी उनले पुरुष छाङछ्वानमा ९.७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।

साउदी अरेबियाको रियादमा विजयले हासिल गरेको ९.७२ अंक राष्ट्रिय कीर्तिमान पनि भएको जनाइएको छ ।

यसअघि, उनले चीनको हाङझावमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ९.७० अंकको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्