site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट ल्याइएका शव आजै धनगढी लगिने

काठमाडौं । इजरायलबाट ल्याइएका नेपाली विद्यार्थीका शव आजै कैलालीको धनगढी लगिने भएको छ । आइतबार बिहान तीन नेपालीको शव स्वदेश ल्याइएको हो ।

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका आशीष चौधरीको शव आजै दिउँसो १ बजे काठमाडौं ल्याइने पराराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

ती चारै शव दिउँसो २ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिने स्रोतले जानकारी दियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्