site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नेपाली सेनाले गर्‍यो फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं । नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा बढाइँ गरेको हो ।

सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । बढाइँका अवसरमा सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । त्यसक्रममा सेनाले विभिन्न कला कौशल पनि देखाएको थियो ।

Fulpati11-1697887296.jpg

Fulpati10-1697887294.jpg

Fulpati9-1697887293.jpg

Fulpati8-1697887290.jpg

Fulpati7-1697887289.jpg

Fulpati5-1697887287.jpg

Fulpati4-1697887286.jpg

Fulpati3-1697887285.jpg

Fulpati2-1697887284.jpg

Fulpati-1697887283.jpg

Fulpati1-1697887283.jpg

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्