site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड परिवारले दसैँ नमनाउने 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ । प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गत वर्षको दसैँमा पनि प्रधानमन्त्री प्रचण्डले आफूले टीका लगाएका थिएनन् । परिवारलाई भने उनले टीका लगाइदिएका थिए ।

“उहाँले त पहिले पनि टीका लगाउनुभएको थिएन । उहाँले परिवारलाई लगाइदिनुभएको थियो ।  प्रधानमन्त्रीज्यूको परिवारमा यसपटक दसैँको टीका छैन,” उनले बाह्रखरीसित भने ।

दसैँमा नेता–कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको उनले जानकारी दिए ।

गएको असार २७ गते प्रधानमन्त्रीपत्नी दाहालको निधन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्