site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।

इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।

प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।

police-1697765582.jpg


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्