site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघ सरकारको विश्वास छैन, प्रदेश नै बलियो हुनुपर्छ : सिटौला
फाइल तस्बिर ।

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताएका छन् । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको बताए । 

प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै सिटौलाले अस्थिरता प्रदेशको प्रमुख चुनौती बनेको बताए । 

"राजनीतिक व्यक्ति सामाजिक कार्यमा छौँ भन्ने पुष्टि गर्न चुनौती छ । प्रशासन अस्थिर छ," उनले भने, "बजेट पास भएको छैन । कर्मचारी निराश छन् । कसरी हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ ।"

सिटौलाले सरकारले जग्गा अपचलन गर्ने र सुन तस्करीका विषयमा गम्भीर भइ अनुसन्धान गर्नुपर्ने सुझाव दिए ।‌ भ्रष्टाचारका ठूला विषय कोसी प्रदेशमा नपसोस् भन्दै उनले जग राम्रो बसाए घर बलियो हुन्छ भने जस्तै प्रदेशको जग बलियो हुने सुनाए । 

"विधिले मुलुक चलेको छैन । सरकार मुकदर्शक छ,"  सिटौलाले भने, "केन्द्रको सरकारसँग मलाई विश्वास छैन । प्रदेशसँग आश गर्न सकिन्छ । नामकरण दलले सहमतिमा गरेको हो तर अहिले विभिन्न दलले गलत ढंगले व्याख्या गरेर हिँडेका छन् ।‌ संविधानसम्मत राखिएको नाम त्यसरी नै परिवर्तन गर्न सकिन्छ ।"

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने सदनसमक्ष जानकारी गराए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्