site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले र कांग्रेस सत्तापक्षको लहरमा, माओवादीसहित चार दलका सांसद विपक्षीमा

विराटनगर ।‌ कोसी प्रदेशसभाबाट मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । 

सभाको बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकमा नेकपा (एमाले) र कांग्रेसका सांसद सत्तापक्षको लहरमा बसेका छन् । 

माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपाका सांसद विपक्षीको लहरमा छन् । 

कोसीका मुख्यमन्त्रीलाई जसपा र राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने तय भएको छ ।  

सभामा कांग्रेसका २९ र एमालेका ३९ सांसद छन् । 

कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्