site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आइफोन १५ नेपालमा सार्वजनिक, मूल्य एक लाख ५७ हजारदेखि सुरु

काठमाडाैं । एप्पलकाे आइफोन १५ सिरिज नेपाल भित्रिएको छ । नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आइफोन १५ नेपाल भित्र्याएको हो ।

आइफोन १५ सँगै कम्पनीले विशेष सुविधा र सेवा प्रदान गर्ने बताएको छ । कम्पनीले एक वर्षकाे थप कम्प्लिमेन्ट्री वारेन्टी, एकपटक स्क्रिन फेर्ने, २० वाटको एडप्टर दिने र एनआईएमबी एवं ग्लोबल आईएमई बैंकबाट शून्य डाउन पेमेन्टमा सजिलो ईएमआई उपलब्ध गराउने बताएको छ ।

अत्याधुनिक प्रविधि, क्यामेरा क्षमता र पातलो आधुनिक डिजाइन रहेको एप्पलको आइफोन सिरिज १५ नेपालमा एकलाख ५७ हजार ५०० रुपैयाँदेखि उपलब्ध रहेकाे छ । आइफोन १५ काे सबैभन्दा टप भेरियन्टकाे मूल्य तीनलाख ९ हजार ५०० रहेको छ ।

यस्ताे छ आइफोन १५ का विभिन्न माेडेलकाे मूल्यसूची 

Apple-iphone-15-series-1697371163.JPG

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्