site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त 

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली कांग्रेसका शमशेर राई र नेकपा (एमाले)का राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।

qefasg-1697363270.jpg

कांग्रेसका आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

यसअघि, एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको मत नपाउने स्थितिपछि असोज २० गते राजीनामा दिएका थिए । त्यसपछि असोज २६ गतेभित्र उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्