site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको व्यंग्य– कोसीमा महासहमतिले सार्थकता पाएछ, अब केन्द्रमा पनि यस्तै सहकार्य होस् 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोसी प्रदेशमा जस्तै अब केन्द्रमा पनि पुराना सबै दलहरूबीच सहकार्यको आवश्यक रहेको व्यंग्य गरेका छन् । सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले केन्द्रमा पनि कोसी प्रदेशमा नयाँ सरकार गठनमा आज भएको सहमति जस्तै केन्द्रमा पनि सहकार्य गर्न दलहरूलाई व्यंग्य गरेका छन् । 

“गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोसीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिह्न समेत एउटै हुनेगरी महासहमति पनि गर्नुहोला । ढिला नगरी महागठबन्धनबादी मोर्चाको घोषणासभा बारेपनि सुन्न पाइयोस् ।”

उनले पुराना दलहरूमा केही भिन्नता नरहेको पनि बताएका छन् । “उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै  भएपछि सटर किन बेग्लाबेग्लै ?” रविले प्रश्न गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्