site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलिकोप्टर दुर्घटना : पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइँदै 

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश कुमार सेढाईलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । 

फिस्टेल एयरको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले जानकारी दिए । हेलिकोप्टरमा पाइलटमात्रै थिए ।  

रुम्झाटारबाट लोबुचे उडेको ९एनएएनजे कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको हो । हाइ अल्टिच्युडमा रहेका यात्रु लिन आज बिहान ७ः१३ बजे लुक्लाभन्दा माथि लोबुचे उडेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको प्रवक्ता निरौलाले बाह्रखरीलाई जानकारी दिए । 

रुम्झाटारबाट लोबुचे पुग्न हेलिकोप्टरलाई १२ देखि १६ मिनेट लाग्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्