site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बित

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

बसौलाले गैरजिम्मेवार र स्वास्थ्य बिमालाई हानि गर्ने काम गरिरहेको र पदमा रहिरहे उनीमाथि लागेका आरोपको प्रमाण नष्ट गर्नसक्ने भन्दै निलम्बन गरिएको  उनलाई दिइएको पत्रमा उल्लेख छ । उनलाई शुक्रबारबाटै लागु हुने गरी निलम्बनको पत्र दिइएको हो ।

पत्रमा स्वास्थ्य बिमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते  ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २३:०५
प्रतिक्रिया दिनुहोस्