site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीपले लिए त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने निर्णय

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने भएका छन् । बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृङ्खलामा आफू सहभागी नहुेने जानकारी गराएका हुन् ।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन् । 

"भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय लिएको छु । म जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु," उनले लेखेका छन् ।

घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा  लामो समयदेखि अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ००:३३
प्रतिक्रिया दिनुहोस्