site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र लिङ्देन भन्छन्– अब हामी प्रमुख प्रतिपक्ष भएर बस्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब पार्टीलाई त्यो बाध्यता नरहेको धारणा राखे ।

“हामीले निर्वाचन चाहेका थिएन त्यसैले विगतमा सरकारमा गयौँ । अहिले त उहाँहरूले मत पुर्‍याएर जानुभएको छ, त्यसैले हामी सत्तामा जादैनौँ,” उनले भने ।

दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको औचित्य नरहेको प्रमाणित हुँदै गएको टिप्पण गरे ।

“किन प्रदेश चाहिँदैन भन्ने यो प्रमाण हो । त्यसैले प्रदेश आवश्यक छैन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्