site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा मध्यावधि रोक्न मुख्यमन्त्रीमा दाबी पेस गरेँ : केदार कार्की

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मध्यावधि रोक्न आफूले दाबी पेस गरेको बताएका छन् । 

मुख्यमन्त्रीमा दाबी पेस गर्दै उनले कोसी प्रदेशको अन्यौलता चिर्न आफ्नो उमेदवारी भएको बताए ।

“कोसी प्रदेशमा अन्यौलता छ । सांसदहरूको एकरूपता छ । संसद्‌भित्र सौहार्द सम्बन्ध प्रमाणित गर्दै कोसी प्रदेशको मध्यावधि निर्वाचन रोक्नका लागि ४७ सांसदहरूको हस्तक्षार पेस गरेको छु,” उनले भने । 

उनले संविधानको धारा १६८ को ५ मा त्रुटि भए मध्यावधिमा जान सक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्