site stats
बाह्रखरी :: Baahrakhari
देश
उपराष्ट्रपति डेंगी संक्रमित, राष्ट्रपतिले गरे स्वास्थ्यलाभको कामना
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत छन् ।

राष्ट्रपति पौडेलले बिहीबार उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्