site stats
बाह्रखरी :: Baahrakhari
देश
भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर

काठमाडौं । भेप सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । राहुलसहित चारजनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

सीआईबीले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरासहित लोकेन्द्र पौडेल र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको थियो । राहुल १३ भदौदेखि सीआईबीको नियन्त्रणमा छन् ।

१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्