site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा रहेका नेपालीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ ।

हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले आजदेखि नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो ।

प्रेस ब्रिफिङ अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म ३२४ जनाले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये २८८ जनाले नेपाल फर्किन चाहेको बताएका छन् । बाँकी ३६ जनाले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेका छन् ।

असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो । एकजना अझै सम्पर्कविहीन छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्