site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र मधेसमा बिहानैदेखि वर्षा, यी हुन् दिउँसो पानी पर्ने प्रदेश

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम बिहान सामान्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

Argakhachi Cement Island Ad

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ जनाएको छ । कोसी, मधेस, वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०५:४६
प्रतिक्रिया दिनुहोस्