site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं सुन्धाराको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौं । काठमाडौंको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् ।

प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् ।

वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले कोठाभित्र विषादीको बट्टासमेत फेला परेको जानकारी दिए ।

उनले आत्महत्या गरेको आशंका प्रहरीको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्