site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अल्टिमाको ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ बजारमा

काठमाडौं । अल्टिमा लाइफ स्टाइलले बुधबार दुई वटा नयाँ स्मार्टवाच बजारमा ल्याएको छ । कम्पनीले ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ सार्वजनिक गरेको हो ।

कम्पनीले अल्टिमा वाच सर्कल ट्रु अमोलेद स्मार्टवाच र अल्टिमा वाच म्याजिक प्रो किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच भएको बताएको छ ।

सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य तीन हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यसपछि यो वाचको मूल्य पाँच हजार ९९९ रुपैयाँ रहनेछ ।

यस्तै ‘अल्टिमा वाच म्याजिक प्रो’ सीमित अवधिका लागि दुई हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यसपछि यो स्मार्ट वाचको बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्