site stats
बाह्रखरी :: Baahrakhari
देश
गंगादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले आर्थिक वर्ष २०७६/०७७ मा गंगादेवी गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको थियो । 

चार लाख ६६ हजार ४८८ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा गंगादेवी गाउँपालिकाका योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सव–इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाई टेक्निसियन बलबहादुर बस्नेत छन् । 

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका बि.क., वडा नं.२ का तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगी छन् । 

दायर गरिएको मुद्दामा अख्तियारले प्रत्येकसँग चार लाख ६६ हजार ४८८ रुपैयाँ बिगो दाबी गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्