site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतन्त्र, संविधान कार्यान्वयनका लागि सरकार ‘स्लो पोइजन’ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति ‘स्लो पोइजन’ भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सरकारले सदनलाई ‘बिजनेस’ दिन नसकेको बताए । संसद्लाई बिजनेस नदिएर सरकार यसलाई प्रयोजनहीन बनाउन उद्दत रहेको आरोप उनले लगाए ।

“जनआवाज कुल्चिएको छ, केवल गठबन्धन मात्र चाहिएको छ । सरकार टिकाउनसँग सरोकार छ, देश अघि बढाउन छैन,” उनले भने ।

चालु संसद्को यतिका दिनसम्म एउटा मात्र विधेयक पारित हुनु ‘बिजोग’ स्थिति भएको उनको भनाइ छ ।

“अहिलेसम्म एउटा विधेयक पास भयो कि, पछिल्लो उदाहरण काफी छ । १७ दिन किन संसद् बन्द भयो ? यहाँ संसद् चल्दा के बिग्रिने थियो ? त्यही गठबन्धनको इको सिस्टममा उत्तरदायी छ,” उनले भने, “यो हाम्रो स्लो पोइजन हो, गठबन्धन र सरकार । लोकतन्त्र, संविधान कार्यान्वयनका लागि स्लो पोइजन हो ।”

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्