site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कोसी अध्यक्षमा खतिवडाले लिए अग्रता

विराटनगर  । नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ ।‌ स्थानीय मनास्लु पार्टी प्यालेसमा राति अबेरसम्म मतदान भएको थियो ।

एमाले कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत र अर्का प्रत्यासी  विनोद ढकालले १२१ मत ल्याएका छन् ।

निर्वाचन अधिकृत  चुडामणि आचार्यले‌ मतगणना गरेर आजै राति सकिने बताए ।‌ आइतबार भएको मतदानमा ९७७ मत खसेको थियो । २० जनाले मतदान गरेनन् ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्