site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कोसी अधिवेशन : उमेदवार मत माग्न व्यस्त

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्वमा पुग्न उमेदवारहरू मत माग्न व्यस्त छन् । अधिवेशनस्थल विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा अध्यक्ष पदका दुवै उमेदवार विनोद ढकाल र घनश्याम खतिवडा मत माग्न व्यस्त देखिएका छन् ।

पार्टीलाई सुदृढ बनाउने एजेन्डासहित आफूहरू चुनावी मैदानमा उत्रिएको उमेदवारले बताएका छन् । ढकालले भने, “यो पार्टीको आन्तरिक चुनाव हो । पार्टीभित्र पनि प्रतिस्पर्धा हुन्छ । यो पार्टी बलियो बनाउने कुरा हो । विचार र नेतृत्वको विवाद छैन । पार्टीको आन्तरिक जीवन बलियो बनाउने कुरा हो ।”

ढकालले आफूहरू कुनै नेताको साथ र समर्थनभन्दा पनि विधिअनुसार चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । ढकालले दुई कार्यकाल पार्टीको मोरङ जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन् ।

qfddg-1696144615.jpg

अध्यक्षका अर्का प्रत्याशी खतिवडाले पार्टीमा आफू ४७ वर्षदेखि सक्रिय रहेको र अब संघीयता कार्यान्वयनका लागि प्रदेश नेतृत्वमा जान लागेको बताए । “म संसद्मा समेत लामो समय बसेर काम गरेँ, अब पार्टी नेतृत्वमा योजनासाथ चुनावी मैदानमा उत्रिएको हुँ ।”

मुख्य निर्वाचन अधिकृत चूणामणि आचार्यले उमेदवारी फिर्ताको समय पूरा भएको जानकारी दिए । आजै मतदानमार्फत नेतृत्व चयन गरिने उनले बताए ।

एमाले कोसीको जारी पहिलो अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय नेतृत्व चयन गरिनेछ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्