site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले भन्यो– छलफल सकारात्मक, आज संसद् चल्न सक्छ
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल भएको छ ।छलफल सकारात्मक रहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

“छलफल सकारात्मक छ,” उनले बाह्रखरीसँग भने, “आज सदन अघि बढ्ने गरी छलफल भएको छ । सदन चल्न सक्छ ।”

सुन तस्करी प्रकरणमा छानबिन आयोग नबनाएको भन्दै एमालेले आइतबार (आज) सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रचण्डले छलफलमा बोलाएका थिए । छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र सचेतक बर्तौला सहभागी थिए । 

अब राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग प्रधानमन्त्रीले छलफल गर्दै छन् । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्