site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली पुगे बालुवाटार, दलका नेताहरूबीच छलफल गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । आइतबार बिहान ओली बालुवाटार पुगेका हुन् ।

आजै बिहान ११ बजे राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल गरिँदै छ । सो छलफल पनि बालुवाटारमै हुने प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकअघि राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल हुन लागेको हो । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । सुन प्रकरणको छानबिनका लागि बनाउने भनिएको उच्चस्तरीय समिति गठन नगरिएकामा एमाले नेता रुष्ट छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्