site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कलाकारले मलाई राम्रो भनेपछि चुनाव जितेँ, निष्ठाको राजनीति गरेर मर्न चाहन्छु : धनराज गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन् । 

"नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा सधैँ लडेर तपाईंहरूको बीचमा निष्ठाको राजनीतिका रूपमा उभिएर निष्ठाको राजनीति गर्ने व्यक्तिको रूपमा उभिएर मर्न चाहन्छु," उनले भने ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिएको भन्दै उनले कलाकारको सद्‌भाव र माया आफूमाथि धेरै रहेको बताए ।

"म गाउन जान्दिनँ, तर सधैँ म समय पाएँ भने सुनिरहन्छु । मनमनै गुन्गुनाउन मन लाग्छ, गुन्गुनाउँछु बाहिर आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ । कलाकार साथीको सद्‌भाव र माया पाएको छु  । तपाईंहरूले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ," उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्