site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टर्कीमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला

काठमाडौं । टर्कीमा पुरातत्वविद्हरूले उत्तरीपश्चिमी प्रान्त कानाक्कलेमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला परेको छ । 

पुरानो सहर पारियोन रहेको केमर गाउँमा नुहाउने ठाउँ पत्ता लगाइएको हो । उत्खनन् टोलीले केही समय अघिमात्रै दुई वटा चिहान फेला परेको थियो । 

२७ सय वर्ष पुरानो सहर पारियोन रोमन साम्राज्य कालको महत्वपूर्ण बन्दरगाह थियो । अण्डोकुज मेइस विश्वविद्यालयको टोलीले सन् २०१५ देखि यस क्षेत्रमा उत्खनन् गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्