site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–८, खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा रहेका छन् । 

दुर्घटनामा घाइते भएको उनको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले मंगलबार ठक्कर दिएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्