site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले सच्यायो अपानि
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन (अपानि) संशोधन गरेको छ । आज बसेकाे सचिवालय बैठकले अपानिका विवादास्पद विषय सच्याएकाे उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने, "जिम्मेवारी हेरफेरले केही विवादजस्ताे भएकाे थियाे । आजकाे बैठकले केही कुुरा सच्याएकाे छ ।" 

सच्याइएकाे अपानि केही दिनमा जारी गरिने उनले जानकारी दिए ।

एकीकृत समाजवादीकाे अपानिले विवाद निम्त्याएको थियाे । अपानिकै कारण दुई केन्द्रीय सदस्यले पार्टी छाडेकाे घाेषणा पनि गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्