site stats
बाह्रखरी :: Baahrakhari
खेल
१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको निराशाजनक प्रदर्शन

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाडको चौथो दिन मंगलबार तेक्वान्दोका तीन नेपाली खेलाडी प्रि–क्वार्टरफाइनलमा पराजित भएका छन् ।

लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम ३२ को खेल जिते । तर, अन्तिम १६ मा पराजित भए ।

उनले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका थिए । प्रि–क्वार्टरफाइनलमा उनी थाइल्यान्ड बानलुङ टुबतिम्दाङसँग २–० ले हारे ।

मंगलबारै भएको महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् ।

महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन् ।

तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्