site stats
बाह्रखरी :: Baahrakhari
देश
अर्घाखाँचीमा बालिका बलात्कार आरोपमा किशोर पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–२, चुत्रावेशी बस्ने २१ वर्षीय रामबहादुर पुन रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पुनले ती बालिकालाई आइतबार साँझ बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्