site stats
बाह्रखरी :: Baahrakhari
देश
सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका–३, चोरखोलानजिक सेतापैरामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

जीप सडकबाट साढे ३०० मिटर तल खसेको थियो । दुर्घटनामा एकजना घाइते भएका छन् । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्