site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाँदै
फाइल तस्बिर 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाँदै छन् । 

जानकी मन्दिर दर्शन गर्न जाने यसअघि राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका हुन् । 


राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । 

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रम समेत आयोजना गरिएको छ । 


 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्