site stats
बाह्रखरी :: Baahrakhari
देश
कम्प्युटर पसलबाट सुरु भएको थियो आगलागी 

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति साढे १ बजे सुरु भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका छन् । अहिले आगलागी नियन्त्रणमा आएको छ । 

“६ वटा घर र एउटा घुम्तीमा आगलागी भएको छ । मानवीय क्षति भएको छैन,” मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बाह्रखरीसँग भने । 

कम्प्युटर पसलबाट आगलागी सुरु भएको उनले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान रहेको उनको भनाइ छ । 

क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।  

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्