site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुलको पुनरागमन जित 

काठमाडौं । यूईएफए युरोपा लिगको पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलले घरेलु टोली लेस्कविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ ।

बिहीबार राइफाइसेन एरिना रंगशालामा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । लेस्कका फ्लोरिन फ्लिकरले एक गोल गरेका थिए ।

१४औँ मिनेटमा फ्लिकरको गोलमार्फत लेक्सले अग्रता लिएको थियो । ५६औँ मिनेटमा नुनेजले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए ।

६३औँ मिनेटमा डियाजले गोल गर्दै पाहुना टिमले अग्रतालाई २–१ मा पुर्‍याए । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा सलाहले गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

जितसँगै समूह ‘ई’मा तीन अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै हार व्यहोरेको लेक्स पुछारमा छ ।

यही समूहको अर्को खेलमा टोलोज र युनिस सेन्ट जिलोइसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्