site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो हाफमा नेपाल र पाकिस्तान गोलरहित बराबर 

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।

त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले घरेलु टिमविरुद्ध निरन्तर दबाब बनाए पनि अग्रता बनाउन भने सकेन । 

३४औँ मिनेटमा पाकिस्तानका मुहम्मद अदिल युनसले 'वान भर्सेस वान' अवसर गुमाएपछि पाकिस्तानले अग्रताको सुनौलो अवसर गुमाएको थियो ।

पहिलो हाफभर पाकिस्तानको आक्रमण रोक्न मै व्यस्त देखिएको नेपालले भने गोलको गतिलो 'मुभ' बनाउन सकेन ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्