site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीका नेता विश्वकर्माको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शंकर विश्वकर्माको ५९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा जावलाखेलस्थित अलका अस्पतालमा मंगलबार बिहान उनको निधन भएको बताइएको छ ।

उनी एकीकृत समाजवादी रौतहट–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष समेत थिए । श्रद्धाञ्जलीका लागि विश्वकर्माको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्