site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी जिल्लाका नदीमा बहाव बढ्न सक्ने
स्याङ्जास्थित कालीगण्डकी नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पश्चिम र जाजरकोट भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

sdfg-1694494243.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्