site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा पानीमा डुबेर दुईजनाको मृत्यु

सुन्दरहरैँचा (सुनसरी) । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

आइतबार रामधुनी नगरपालिका–२, तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए ।

उनको उपचारको लागि  जिल्ला अस्पताल इनरूवा लैजानासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसैगरी इटहरी उपमहानगरपालिका–४, मनकामना चोकमा पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।

ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्