site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्कीमा हाइसको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जा बडहरेमा हाइसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने अन्नपूर्ण गाउँपालिका–४, भदौरे घर भएका ८० वर्षीया नौली विक रहेकी छन् । 

बा ३ ख ९७२६ नम्बरको हाइसको ठक्करबाट विकको शनिबार साँझ मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्