site stats
बाह्रखरी :: Baahrakhari
देश
२० लाखसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । २० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । स्रोत नखुलेको २० लाखसहित शनिबार दिउँसो नवलपरासी पश्चिमको सरावल गाउँपालिका–७, भुजहवास्थित झरही खोलाको पुलबाट दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिमकै पाल्हिनन्दन गाउँपालिका–२, हरपुरका २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् ।

उनीहरू ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा भुजहवाबाट महेशपुरतर्फ जाँदै थिए । जाँच गर्ने क्रममा उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाइछिपाइ राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्