site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशमा आर्थिक र विनियोजन अध्यादेश जारी

विराटनगर । कोसी प्रदेशमा बजेटविहीनता अन्त्य गर्दै कोसी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोसी प्रदेश विनियोजन अध्यादेश, २०८० जारी गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दुवै अध्यादेश जारी गरेका हुन् ।

गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो । भदौ १० गतेभित्र बजेट पारित भइसक्नुपर्ने थियो ।

उद्धव थापा नेतृत्वको सरकारले भदौ ६ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेपछि बजेट पारित हुन पाएको थिएन । दुवै अध्यादेश तत्कालीन आर्थिक मामिल तथा योजनामन्त्री बाबुराम गौतमले प्रदेशसभामा भने पेस गरेका थिए ।

adsf-1694322777.jpg

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्