site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्राफिक प्रहरीको लापसे चेकिङमा दुईजना चालक नियन्त्रणमा
फाइल तस्बिर ।

काठमाडौं । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुईजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीले वाग्मती प्रदेश ०३–००१ ज ३८६ नम्बरको इलेक्ट्रिक माइक्रो चालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ चौताराका २३ वर्षीय रिजन श्रेष्ठ र ना १ ज ५४ ६५ नम्बरको टाटा सुमो चालक महोत्तरीको बर्दिबास नगरपालिका–३ का ३७ वर्षीय सुनबहादुर पुर्वछानेलाई नियन्त्रणमा लिएको हो । 

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको  संयुक्त टोलीले आज‍ १९ ओटा सवारी साधनका चालकलाई चेक गर्दा दुईजना लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २३:१६
प्रतिक्रिया दिनुहोस्